काठमाडौं महानगरले कक्षा १० सम्म दिवा खाजा खुवाउने

महानगरभित्र   ८९   वटा   सामुदायिक   विद्यालय  सञ्चालनमा  छन्  ।  दिवा  खाजा  कार्यव्रmमबाट प्रारम्भिक बालविकासदेखि कक्षा १०  सम्मका  गरेर    करिब  ४०  हजार    विद्यार्थी  लाभान्वित  हुने    छन्  ।   दिवा  खाजाका लागि महानगरले  २३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

काठमाडौं महानगरपालिकाले कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजा खुवाउने निर्णय गरेको छ । महानगरको २१ औं नगर कार्यपालिका बैठकले कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजा खुवाउने निर्णय गरेको हो ।

महानगरपालिकाले दिवा खाजामा संघीय सरकारले दिएको रकममा  थप गरी प्रतिविद्यार्थी रु. ३० का दरले दिा खाजा खुवाउने निर्णय गरेको छ । कक्षा १० सम्म प्रति विद्यार्थी दैनिक ३० रुपियाँका दरले खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

महानगरले सबै सामुदायिक विद्यालयलाई भदौदेखि नै कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन पत्राचार गरिसकेको छ । विद्यालयलाई पठाएको पत्रमा, ‘ महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि संघीय सशर्तबाट रु.१५  र महानगरबाट थप रु. १५ गरी प्रति विद्यार्थी प्रतिदिन जम्मा रु.३० साथै कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुका लागि महानगरबाट प्रति विद्यार्थी प्रतिदिन रु.३० उपलब्ध गराउँने आव २०८०–८१ को स्वीकृत कार्यक्रम रहेको हुँदा मिति २०८० भाद्र महिनादेखि सोही बमोजिम दिवा खाजा व्यवस्थापन गर्नुहुन अनुरोध छ ।’ भन्ने उल्लेख गरेको छ ।सो पत्रमा अर्को सूचना जारी भएपश्चात माग फारम पेश गर्न विद्यालयलाई निर्देशन दिइएको छ । 

महानगरभित्र   ८९   वटा   सामुदायिक   विद्यालय  सञ्चालनमा  छन्  ।  दिवा  खाजा  कार्यव्रmमबाट प्रारम्भिक बालविकासदेखि कक्षा १०  सम्मका  गरेर    करिब  ४०  हजार    विद्यार्थी  लाभान्वित  हुने    छन्  ।   दिवा  खाजाका लागि महानगरले  २३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal