डिप्लोमा तथा प्रि–डिप्लोमा तहको परिमार्जित पाठ्यक्रम लागु गर्न निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले डिप्लोमा तथा प्रि–डिप्लोमा तहमा परिमार्जित पाठ्यक्रम लागू गर्न निर्देशन दिएको छ ।

परिषद्को पाठ्यक्रम समितिकोनिर्णय अनुसार स्वीकृत भई चालु शैक्षिक सत्रबाट परिमार्जित पाठ्यक्रम लागू गर्ने निर्णय भएकोले परिमार्जित पाठ्यक्रम लागू गर्न निर्देशन दिएको हो । परिषद्ले साझेदारी, टीईसीएस एवं सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूमा अनिवार्य रूपमा चालु शैक्षिक सत्रदेखि लागु गर्न गराउन निर्देशन दिएको छ ।

शैक्षिक सत्र २०८०–८१ मा भर्ना भएका डिप्लोमा इन फुड एण्ड टेक्नोलोजि, रिभाइज्ड २०२३, प्रि–डिप्लोमा इन इलेक्ट्रोनिक्स, रिभाइज्ड, २०२३ प्रयोग गर्न निर्देशन दिएको सूचनामार्फत जानकारी दिएको छ।

त्यसैगरी प्रि डिप्लोमा इन इलेक्ट्रोनिकल इन्जिनियरिङ, रिभाइज्ड २०२३, प्रि डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ्, रिभाइज्ड २०२३, प्रि डिप्लोमा इन टि टेक्नोलोजि, रिभाइज्ड २०२३,पाठ्यक्रम परिमार्जन गरेको हो ।

सम्बन्धित सबै संस्था, सञ्चालक, प्राचार्य प्रशिक्षक एवं विद्यार्थीहरूमा सम्बोधन गर्दै परिषद्ले परिमार्जित पाठ्यक्रमहरू परिषद्को वेबसाइटबाट सिधै डाउनलोड वा महाशाखामा सम्पर्क राख्न र परिषद्को प्रदेश कार्यालयमा सम्पर्क गरी भर्चुअल माध्यमबाट हुने प्रवोधिकरण कार्यशालामा सहभागी हुन समेत सूचित गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal