एक वर्षभित्र स्थायी दरबन्दी रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएको स्थायी शिक्षक पद एक वर्ष भित्र खाली भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न निर्देशन दिएको छ ।

केन्द्रले शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम २५ को उपनियम (१) बमोजिमका कारणबाट रिक्त भएमा शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम २५ को उपनियम ३ अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न निर्देशन दिएको हो ।

केन्द्रले आयोगबाट आएको सुझाब अनुसार ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई यस्तो निर्देशन दिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal