क्याम्पस समायोजन हुन चाहेमा असोज मसान्तभित्र आवेदन दिनुपर्ने

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सम्वन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्ण रुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा असोज मसान्तसम्म निवेदन दिन सूचना जारी गरेको छ ।

समायोजन हुन चाहने नवीकरण अद्यावधिक भएका क्याम्पसहरूले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णयसहित आवेदन दिनु पर्ने छ ।

समायोजन बापत कुनै शुल्क नलाग्ने सूचनामा उल्लेख गरेको छ । समायोजन हुन चाहने क्याम्पसहरूले बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय (सामुदायिक क्याम्पसको हकमा क्याम्पस सभाको निर्णय) सम्बन्धन पत्र,  नवीकरण पत्र र  अक्षयकोषको रसिदसहित आवेदन दिने पर्ने त्रिविका सूचना अधिकारी योगेन्द्रसाद दाहालले जानकारी दिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal