कोशी प्रदेशमा कक्षा १२ को परीक्षामा परिचयपत्र अनिवार्य

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेशले कक्षा १२ को बार्षिक परीक्षामा प्रवेश पत्रका अलावा विद्यार्थी परिचय पत्र समेत अनिवार्य गरेको छ ।

वैशाख २६ गतेदेखि सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षालाई थप मर्यादित र विश्वसनीय बनाउन यस पटकदेखि यो नियम लागु गरेको हो ।

विद्यालय र क्याम्पसमा कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई हालसालै खिचेको पासपोर्ट साइजको फोटो टाँस गरी परिचय पत्र जारी गरी उक्त परिचय पत्र अनिवार्य रुपमा साथमा लिएर मात्रै परीक्षा केन्द्रमा जानको लागि निर्देशन गर्न सूचना जारी गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal