होस्टल फि फिर्ता नहुनेः सञ्चालक शर्मा

काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन्। मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग आज गरेको वार्तामा उनले यस्तो धारणा राखेका हुन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मा, विद्यार्थी र अभिभावकका प्रतिनिधि सहभागी रहेका थियो ।

शिक्षामन्त्री पौडेलले बढी शुल्क लिने कलेजलाई कारबाही गर्ने चेतावनी दिँदै आएएका भए पनि वार्ता सञ्चालक शर्माले ‘होस्टेल शुल्क नियमभित्रै टेकेर ल्याइएको छ। शुल्क फिर्ता गर्दैनौं। यदि सहमति भयो भने त्यसमा मेरो नोट अफ डिसेन्ट हुन्छ,’ भन्ने चेतावनी दिएका थिए । काठमाडौं मेडिकल कलेज अतिरिक्त शुल्क फिर्ता नगर्ने भन्दै सहमतिको खाकामा नोट अफ डिसेन्ट जनाउने तयारीमा छ। सो कलेजले विद्यार्थीबाट अतिरिक्त ६ लाख रुपैँयासम्म असुल्दै आएको छ। पीडित विद्यार्थी कलेजले गैरकानुनी शुल्क असुलेको भन्दै आन्दोलनमा छन्।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले होस्टेल विद्यार्थीको ऐच्छिक विषय भएको बताए।

Degrees offered in nepal
Counseling
Bachelors Portal