देशभरिका प्रअको कार्यसम्पादन विवरण मलाई दिनुस् : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानध्यापकको कार्यसम्पादनबारे विवरण मागेका छन् । 

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले आयोजना गरेको शिक्षा एकाइका प्रमुखहरुको कार्याशालमा उनले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकहरुले गरेका कामको विवरण मागेका हुन् । 

“मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागिपरिरहेको छ” उनले भने, “विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रध्यानध्यापकको हुन्छ । उहाँहरुको सक्रियता कति छ मलाई विवरण चाहियो । त्यो मलाई दिनुहोस् ।”

मन्त्री पौडेलले विद्यालयमा दबरन्दी मिलान, कम्प्युटर, प्रयोगशाला अभाव लगायतका समस्या रहेको चर्चा गर्दै शिक्षा एकाइका प्रमुखहरुले प्रधानाध्यापकले गरेको सुधारको विवरण अनिवार्य रुपमा पठाउनैपर्ने भने ।  

विद्यालयमा विषयगत शिक्षकले कस्तो र कसरी अध्यापन गरिरहेका छन् भन्ने अभिलेख राख्नुपर्ने बताउँदै उनले विद्यार्थीलाई खुशी र रुचीअनुसारका शिक्षकले अध्यापन गराउनुपर्ने औँल्याए ।

“क्षेत्राधिकारभित्रका काम तत्काल थाल्नुहोस्” मन्त्री पौडेलले भने, “ऐन नियम र कानुनको समस्या छ भने त्यसलाई समाधान गरौँ । हात बाँधेर अल्छी भएर नबस्नुहोस् ।”

मन्त्री पौडेलले सङ्घीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै समिति अथवा  अध्यादेशमार्फत त्यो ऐन आउने स्पष्ट पारे । उनले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको उल्लेख गर्दै सो चाँडै पारित हुनेमा विश्वास व्यक्त गरे ।  

शिक्षा सुधारका लागि विभिन्न प्रदेशका प्रमुखहरुसँग छलफल गरिरहेको जानकारी दिँदै उनले भने, “राष्ट्रसेवक कर्मचारीले २० औँ वर्षसम्म पनि सम्झन लायक हुनेगरी काम गर्नुहोस् ।”

 

Degrees offered in nepal
Counseling
Bachelors Portal