८ गते देखि शिक्षा विधेयक संसदीय समितिमा दफावर छलफल हुने (प्रस्तावक र प्रस्ताव सहित)

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक अब छलफलमा जाने भएको छ। पुस ८ गतेदेखि देखि संसदीय समितिमा छलफल हुने भएको हो ।

समितिमा छलफलका लागि पुगेको सो विधेयकमा १५२ जनाले संशोधन प्रस्ताव पेस गरेका छन् । सो प्रस्ताव माथि समितिमा दफावर छलफल हुने समितिले जानकारी दियो ।

गत भदौ २७ गते शिक्षा मन्त्री अशोक कुमार राईले संसद सचिवालयमा दर्ता गर्राको सो विधेयक, १९ दिन पछि असोज १४ गते संसद बैठकमा पेश गरिएको थियो ।।

विधेयक माथि सांसदहरुलाई संशोधन हाल्ने लगायतका संसदीय प्रकृया पुरा गरेर दफावार छलफल गर्न समितिमा पठाइएको थियो । विधेयकमा १ सय ५२ संशोधन परेको छ ।

यी हुन् संशोधन प्रस्तावक र संशोधन प्रस्ताव

Degrees offered in nepal
Counseling
Bachelors Portal