अस्थायी सिकाइ केन्द्रबाट सहजीकरण सुरु

डडेल्धुराका अधिकांश विद्यालयले वैकल्पिक सिकाई केन्द्रमार्फत सिकाइ सहजीकरण सञ्चालन गर्न सुरु गरेका छन् । जिल्लाका केही विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र पर्ने टोलबस्तीमा अस्थायी सिकाइ केन्द्र निर्माण गरी सिकाइ सहजीकरण क्रियाकलाप सुरु गरेका हुन् ।

चालु शैक्षिकसत्रको आधाभन्दा बढीसमय सकिन लाग्दा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकसंग गरिएको छलफलपछि विद्यालयले अस्थायी सिकाई केन्द्र मार्फत बालबालिकाहरूका लागि सिकाइ सहजीकरण सुरु गरिएको उग्रतारा माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्दबहादुर शाहूले बताए ।

विगत सात महिनासम्म विद्यार्थीहरू विद्यालयमा आउन नपाएको, घरमा पनि पढ्ने वातावरण नभएको र वैकल्पिक शिक्षाका माध्यममा विद्यार्थीको पहुँच नहुनाले बालबालिकाको पढाइमा समस्या देखिएको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक प्रज्ज्वल भट्टले जानकारी दिए ।

‘विद्यार्थीहरूमा पढाइको चिन्ताभन्दा कोरोनाको त्रासले यस्ता केन्द्रमा कमै मात्र विद्यार्थी आउने गरेका छन् ।’ उनले भने, ‘सिकाइ केन्द्रमा हामीले पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सहजीकरण क्रियाकलाप गर्ने गरेका छौं ।’

Degrees offered in nepal
Counseling
Bachelors Portal