कोरोनाका कारण परीक्षा छुटेका विद्यार्थीको परीक्षा आजदेखि सञ्चालन

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि सञ्चालित कक्षा १२ को परीक्षामा कोभिड १९ संक्रमण भएर परीक्षा दिन नसकेका विद्यार्थीको परीक्षा आजदेखि सञ्चालन गरेको छ ।

कोभिडका कारण परीक्षा दिन छुटेका ४५ जना विद्यार्थीको परीक्षा बोर्डले सञ्चालन गरेको हो । एक हप्ताभित्र नतिजा प्रकाशन गर्नेगरी बोर्डले परीक्षा सञ्चालन गरेको जानकारी दियो ।

बोर्ड गोप्यसुत्रका अनुसार कक्षा १२ को आज प्रकाशन गर्ने भनिएको नतिजा प्राविधिक कठिनाइका कारण प्रकाशन नहुने भएको छ ।बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर १८ गतेभित्र मात्र सार्वजनिक गर्ने  भएको छ । इडियुपत्रले पाएको जानकारी अनुसार सबै काम सकेर प्राविधिक काम भईरहेको भए पनि केही आन्तरिक तयारी नपुगेका कारण आज नतिजा सार्वजनिक नभएको हो । “कुनै प्राविधिक समस्या नआए मङ्सिर १८ गते भित्रै नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेका छौ” बोर्ड स्रोतले भन्यो । बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएका भएपनि परीक्षामा  ३ लाख ७५ हजार विद्यार्थी मात्र सहभागी भएका थिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal