विद्यार्थीलाई न्यानो कपडा वितरण

मोरङको जहदा गाउँपालिका वडा न. १ स्थित श्री बुद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । करिम फाउन्डेसनले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।

आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई स्विटर वितरण गरिएको लेखापाल मुकेश कुमार यादवले जानकारी दिए । करिम फाउन्डेसनका अध्यक्ष मो।सरफराज आलम लगायतको टोलीले स्विटर वितरण गरेको जानकारी दिए ।कार्यक्रममा इलाका प्रहरी कार्यालय विराटनगर (रानी) थानाका वरिष्ठ सई रुपेश थपलिया प्रमुख अतिथी थिए भने इलाका प्रहरी कार्यालय बुधवारका वरिष्ठ सई विजय बस्नेतको समेतको उपस्थिति रहेको थियो ।विद्यालयका प्रधानाध्यापक गिरजा प्रसाद यादवले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै खादा माला लगाई सम्मान गरेका थिए 

Degrees offered in nepal
Counseling
Bachelors Portal