विद्यालय आसपासमा धुम्रपान विक्री वितरणमा रोक

धुलिखेल नगरपालिकाले विद्यालय आसपास मद्यपान बिक्री वितरणमा रोक लगाउने उद्देश्यले अभियान सुरु गरेको छ ।

नगर उपप्रमुख विमला चापागाँइको टोलीले आज वडा नं. ७ र ११ का बजार आसपासका विद्यालयको अनुगमन गरी यस्ता पदार्थ बिक्री वितरणमा रोक लगाउने जानकारी गराएको हो । 

नगर उपप्रमुख चापागाँइ नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्षहरू, नगरपालिकाका कर्मचारी र प्रहरी प्रशासनसहितको टोलीले करिब तीन दर्जन पसल तथा होटलको अनुगमन छ । 

टोलीले आज सञ्जीवनी र पात्लेखेत बजारका विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा नगरपालिकाले धुम्रपान जन्य केही पदार्थ नियन्त्रणमा लिएको नगर शिक्षा समितिले जानकारी दियो । टोलीले सुर्ती, चुरोट, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न स्थानीय पसलेलाई निर्देशन जारी गरेको हो ।

सुर्तीजन्य पदार्थको प्रयोगले ससाना विद्यार्थीमा लत बस्ने, स्वास्थ्यमा नकारात्मक असर पर्ने कारण रोक लगाइएको अनुगमन टोलीका सदस्य तथा नगर शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले बताए । ‘विद्यालय क्षेत्रको करिब सय मिटर वरपर धुम्रपान जन्य पदार्थ बेचबिखन नगर्न सचेत गराइएको छ ।’ उनले भने,‘१८ वर्षभन्दा मुनिका बालबालिकालाई धुम्रपान, मध्यपान विक्री वितरण नगर्न निर्देशन समेत दिएको छ ।’ 

‘विद्यालय क्षेत्र वरपरको बजार अनुगमन गरेका छौं ।’ नगर उपप्रमुख चापागाँइले भनिन्, ‘अनुगमनका क्रममा हामीले विद्यार्थीको भविष्यमा नै नकारात्मक असर पर्ने खालका वस्तु बिक्री वितरणमा रोक लगाएका हौं।’

Degrees offered in nepal
Counseling
Bachelors Portal