इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा महानिर्देशक खकुरेल सम्मानित

इडियुसञ्जालले जनवरी २०२१ देखि सुरु गरेको महिना व्यक्तित्वमा यो महिना पूर्व परीक्षा नियन्त्रक (कक्षा १०), हाल राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेल पर्न सफल भएका छन् ।

इडियुसञ्जालले महानिर्देशक  खकुरेललाई एक कार्यक्रमका बिच सम्मान पत्र र चिनो हस्तान्तरण गरेको छ । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति मध्ये एक जनालाई प्रत्येक महिना इडियुसञ्जालले सम्मान गर्दै आएको छ ।

शिक्षक, नीति निर्माता वा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वको योगदानको मूल्याङ्कन गरी महिना व्यक्तित्व घोषणा गर्दै आएको इडियुसञ्जालका प्रमुख वित्त अधिकारी तथा सम्मान कार्यक्रमका संयोजक राजन कोइरालाले बताए।

महानिर्देशक खकुरेलले एसईईमा गरेको नयाँ व्यवस्था तथा नीति निर्माण तहमा रहेर गरेको कार्यको उच्च सम्मान गर्दै महिना व्यक्तित्व घोषणा गरिएको इडियुसञ्जालले जानकारी दियो ।

खकुरेलले यो वर्षदेखि लागु हुने गरी एसईई परीक्षामा नेत्रहीन विद्यार्थीका लागि समस्याग्रस्त प्रश्नको सट्टा वैकल्पिक प्रश्न सोध्ने परिपाटीको थालनी, ग्रेड वृद्धि परीक्षा दिएकाहरूकाे बेग्लाबेग्लै ग्रेड सिट हुनुका साथै जीपीए उल्लेख नहुने गरेकाेमा उहाँले एकीकृत ग्रेड सिटकाे व्यवस्थाका साथै जीपीए उल्लेख हुने व्यवस्थाकाे थालनी गराएका छन् ।

प्रदेशमा विद्यार्थीको विवरण सच्याइँदा त्यसका बारेमा जानकारी सानोठिमीलाइ उपलब्ध गराउने गरिएको जसले गर्दा प्रमाणपत्रको सत्यापन लगायतका कार्यका लागि विद्यार्थीले पाउँदै आएको झन्झट र दुःखको अन्त्य जस्ता उल्लेखनीय कार्य गरेको हुनाले सम्मान गरिएको हो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal