विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्न केन्द्रको स्थानीय तहलाई निर्देशन(विद्यार्थीको नामावलीसहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्न निर्देश्न दिएको छ ।

चालु शैक्षिक सत्रमा सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीलाई विपन्न लक्षित छात्रवृत्तिका लागि केन्द्रले निर्देशन दिएको हो ।

कार्यक्रमका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण सार्वजर्निक गरेको हो । छात्रवृत्ति वितरण गर्ने प्रयोजनका लागि चालु आवको विद्यालय क्षेत्र विकास कार्यक्रमतर्फ बजेट उपशीर्षक न २५०००००१ को खर्च शीर्षक नं. २६३३२ अनुसार बजेट विनियोजन गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सो छात्रवृत्ति अन्तर्गत कक्षा ११ र १२ का विज्ञान विषयका लागि समेत छात्रवृत्ति प्रदान गर्ने हुँदा सम्बन्धित स्थानीय तहमा वित्तीय हस्तान्तरण भएकाले सम्बन्धित स्थानीय तहहरुले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ बमोजिम विद्यार्थीहरुलाई छात्रवृत्ति रकम उपलब्ध गराउने केन्द्रले निर्देशन दिएको छ ।

केन्द्रले आज जारी गरेको सूचनामा कक्षा ९ मा छात्रवृत्ति प्राप्त गरेका र हाल कक्षा १० मा अध्ययनरत विदार्थी र शैक्षिक सत्र २०७७ मा कक्षा ११ मा र हाल कक्षा १२ अध्ययनरत विदार्थीलाई सम्बन्धित स्थानीय तहले प्रमाणीकरण गरेका विद्यार्थीहरु र शिक्षा तथा मानव योत विकास केन्द्रको इएमआइएसमा बैंक विवरण प्राप्त विदार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन दिएको छ ।

सूचना कक्षा १० मा अध्ययनरत ७ हजार ६४३ जना र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छनोट गरेको हो ।

छात्रवृत्ति पाउने विद्यार्थी र विद्यालयको विवरणः

Degrees offered in nepal
Counseling
Bachelors Portal