डिप्लो इन बायोमेडिकल इक्यूप्मेन्ट इन्जिनियरिङ प्रथम वर्ष दोस्रो खण्डको परीक्षा आवेदन खुला

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लो इन बायोमेडिकल इक्यूप्मेन्ट इन्जिनियरिङ प्रथम वर्ष दोस्रो खण्डको परीक्षा आवेदन खुला गरेको छ ।

सीटीईभीटीले साउन महिनामा सञ्चालन हुने परीक्षाको लागि डिप्लो इन बायोमेडिकल इक्यूप्मेन्ट इन्जिनियरिङ्ग प्रथम वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षार्थीलाई परीक्षा आवेदन खुला गरेको हो ।

असार १० गतेभित्र नियमित शुल्कमा र असार १७ गतेसम्म बिलम्ब शुल्कमा अवेदन भर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal