धनगढी उपमहानगरपालिकाका विद्यालयले शुल्क बढाउन नपाउने

धनगढी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८० मा संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको हालै बसेको बैठकले नगरभित्र भित्र सञ्चालित कुनै पनि निजी विद्यालयले गत वर्षभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको हो ।

देशका अन्य स्थानका विद्यालयले शुल्क बढाएर अभिभावक र विद्यार्थीमा पर्न गएको असरको अध्ययन गर्दै शुल्क नियमकारी निकायले नियमन गर्ने व्यवस्था नीतिगत रुपमा नबनेसम्म शुल्क बढाउन नपाउने निर्णय गरेको माध्यमिक शिक्षा अधिकृत अकबर चन्दले जानकारी दिए ।

 ‘ऐन नहुँदा शिक्षा विकास तथा समन्वय इकाइले पनि प्रभावकारी रुपमा शुल्क निर्धारण गर्न सकेको छैन ।’ उनले भने, ‘पालिकाले पनि एकै पटक केही गर्न नसक्ने हुँदा हाललाई पुरानै शुल्क लिने व्यवस्था गर्ने निर्णय गरेको हो ।’

Degrees offered in nepal
Counseling
Bachelors Portal