बढी भिडभाड हुने शाखाको सेवा स्थगित गर्दै पाठ्यक्रम विकास केन्द्र

पाठ्यक्रम विकास केन्द्रले बढी जनसम्पर्क हुने शाखाबाट सम्पादित हुने काम आजदेखि भदौ १५ सम्मका लागि स्थगित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चनं. १००, पत्रनुसार मन्त्रिपरिषदको गत २६ गतेको निर्णयलाई आधार मानी समकक्षता प्रदान गर्ने र पाठयसामाग्री दर्ता गर्ने लगायतका सेवाहरु स्थगित गरेको हो ।

मन्त्रीपरिषद्को सेवा प्रवाह व्यवस्थापन सम्बन्धी निर्णयले कोभिड १९ को संक्रमण बढ्दै गएकाले बढी जनसम्पर्क हुने कार्यहरु अर्को निर्णय नभए सम्मका लागि स्थगित गर्ने व्यवस्था मिलाउने भन्ने निर्देशन अनुसार सेवा स्थगित गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

 

 

Degrees offered in nepal
Counseling
Bachelors Portal