कोभिडका कारण परीक्षा छुटेका सीटीईभीटीका विद्यार्थीले पुनः परीक्षा दिन पाउने

प्राविधिक शिक्षा व्यावसायिक तालीम परीषद् (सीटीईभीट) परीक्षा नियन्त्रण कार्यलयले परीक्षा सञ्चालन भएको समयमा कोभिड १९ सङ्क्ममित भई नियमित, आंशिक परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

डिप्लोमा, प्रमाण पत्र तह तथा प्रिडिप्लोमा तहको परीक्षा समयमा (सङ्क्रमित भई नियमित , आंशिक परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई पुनः परीक्षा आवेदन भर्न आज सूचना जारी गरेको हो ।

कात्तिक देखि चैत महिना सम्म सञ्चालित वार्षिक,सेमेस्टर तथा प्रि डिप्लोमा तहको नियमित आंशिक परीक्षामा कोभिड १९ बाट सङ्क्रमण भई परीक्षामा समावेश हुन नसकेका विद्यार्थीहरुलाई मात्र पुनः परीक्षा सञ्चालनको व्यावस्था गर्न सीटीईभीटीले गर्ने भएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दियो ।

परीक्षा छुट भएका विद्यार्थीले परीक्षा सञ्चालन भएको समयमा कोभिड १९ सङ्क्रमण भएको र त्यस पश्चात सङ्क्रमण मुक्त भएको ल्याबको रिपोर्ट सहित चैत्र २३ गते भित्र परीक्षा आवेदन फारम भरिसक्नुपर्ने आज प्रकाशित सूचनामा उललेख छ ।

त्यस्तै परीक्षाको प्रवेश पत्र,सम्बन्धित विद्यार्थीको निवेदन र शिक्षण संस्थाले व्याहोरा खुलाई गरेको सिफारीस पत्र संलग्न गराई परीषद्को प्रदेशकार्यलयमा दर्ता गराउन सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal