सिटिइभिटिले गर्यो उत्कृष्ठ कर्मचारीलाई सम्मान, केन्द्रमा प्रशासकीय अधिकृत दाहाल पुरस्कृत

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको छ ।

पुरस्कृत हुने कर्मचारीहरुमा परिषद् कार्यालयका प्रशासकीय अधिकृत बद्री प्रसाद दाहाल, परिषद्को बाग्मती प्रदेश कार्यालयका कुक प्रशिक्षण सहायक, सुनिल गिरी, जिरी प्राविधिक शिक्षालयका कृषि सहायक प्रशिक्षक खर बहादुर जिरेल, राप्ति प्राविधिक शिक्षालयका कार्यालय सहयोगी रामप्रसाद चौधरी रहेका छन् ।

सर्वोत्कृष्ट पुरस्कारबाट ५० हजार रुपैंया नगद सहित गौर नर्सिङ्ग इन्ष्टिच्यूटका शिक्षालय प्रमुख सीता कुमारी घर्ती मगरलाई पुरस्कृत गरीएको छ । प्रमुख अतिथि शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री गिरिरजामणि पोखरेलले ३२ औं वार्षिकोत्सवको उद्घाटन गरेका थिए ।

सो अवसरमा परिषद्का सदस्य सचिव डा. पुष्परमण वाग्लेले  परिषद्को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

Degrees offered in nepal
Counseling
Bachelors Portal