सीटीईभीटीको डिप्लोमा तहको सेमेस्टर परीक्षा प्रणालीको आवेदन खुला

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित रआंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ ।

भदौ–असोज महिनामा सञ्चालन हुने यो तहको विभिन्न विषयमा परीक्षा आवेदन फाराम भरी बुझाउनका लागि साउन १९ गतेभित्र नियमित शुल्क र २६ गतेभित्र विलम्ब शुल्कमा आवेदन दिन सक्नेगरी सूचना जारी गरेको हो ।

परिषदका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट तथा सोसियल वर्क्स कार्यक्रम दोसो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड नियमित–आंशिक परीक्षाका लागि आवेदन खुला गरेको छ ।

 सर्तहरू पूरा नभएका र तोकिएको समयभित्र आवेदन फाराम नबुझाउने शिक्षण संस्थाका विद्यार्थीहरूलाई परीक्षामा सम्मिलित नगराउने परिषद्ले आज जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

साथै विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुसलमान, लोपोन्मुख जाति तथा भूकम्प प्रभावित)अन्तर्गत शैक्षिक सत्र २०७३र७४ (ई।स। २०१६) देखि भर्ना भई रजिस्ट्रेसन कायम भएका विभिन्न कार्यक्रमहरूका विद्यार्थीहरूले दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको नियमित–आंशिक परीक्षाको परीक्षा आवेदन फाराम भर्न पाउने सूचनामा उल्लेख छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal