कोभिड प्रभावित विद्यार्थीहरू अध्ययन पुरा गर्न चीन जान पाउने

कोभिड प्रभावित विद्यार्थीहरू अध्ययन पुरा गर्न चीन जान पाउने

कोभिडका कारण चिनियाँ विश्वविद्यालयबाट उच्च शिक्षा पुरा गर्न नपाइ नेपाल फर्किएका विद्यार्थी पुनः चीन जान पाउने भएका छन् । सरकारले चरणबद्ध रुपमा उच्च शिक्षा पुरा गर्न विद्यार्थी पठाउने भएको हो ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक सूच्ना जारी गदैु चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरू कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूमध्ये पहिलो चरणमा २८१ जना विद्यार्थीहरूलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जानकारी दिएको छ ।  

उक्त सूचीमा रहेका विद्यार्थीहरूले चीन फिर्तीका लागि पुनः भिसाका लागि  निवेदन दिन पनि मन्त्रालयले जारी गरिको सूचनामा भनिएको छ ।

चीन जान पाउने विद्यार्थीको विवरण