विदेशी कोर्ष पढाउने कलेजले माघ मसान्तभित्र नवीकरणका लागि आवेदन दिनुपर्ने

विदेशी विश्वविद्यालयबाट अनुमति लिएका कलेजले माघ मसान्तभित्र नवीकरणका लागि आवेदन दिनु पर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयद्वारा सञ्चालन गरिएका शिक्षण संस्थाले सञ्चालन अनुमति नवीकरणका लागि माघ मसान्तभित्र आवेदन दिनु पर्ने निर्देशन दिएको हो ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ बमोजिम विदेशी विश्वविद्यालयको सम्बन्धनमा मन्त्रालयको अनुमित लिई सञ्चालित शिक्षण संस्थाहरूले सोही निर्देशिकाको दफा ८ बमोजिम आवेदन दिन निर्देशन दिएके हो ।

सो सूचनामा आवश्यक कागजात सहित प्रति विद्यार्थी रू। पन्ध्र सयका दरले सिंहदरबार स्थित एभरेष्ट बैंकको राजश्व खाता नं ००१००१०६२००००० कार्यालयको कोड नं ३५०००३५०१ राजश्व शीर्षक नं १४२२९ मा राजश्व वापतको रकम दाखिला गरेको सक्कलै भौचर सहित सोही निर्देशिकाको अनुसूची( ६ बमोजिमको फाराम भरी माघ मसान्तसम्म अनिवार्य रूपमा यस मन्त्रालयमा निवेदन दिनैपर्ने उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal