कक्षा ४ को पाठ्यक्रम तथा पाठ्यपुस्तक २८ विद्यालयमा परीक्षण

कक्षा ४ को पाठ्यक्रम तथा पाठ्यपुस्तक २८ विद्यालयमा परीक्षण गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रम चालु शैक्षिक सत्रमा परीक्षणका रुपमा सातै प्रदेशका केही विद्यालयमा पठाइएको छ ।

चालु शैक्षिक सत्रमा प्रदेश १ मा सोलुखुम्बु जिल्लाका तीन, प्रदेश २ मा सिरहाका चार, बागमती प्रदेशका नौ र अन्य प्रदेशका तीन तीन विद्यालयमा परीक्षणका लागि पठाएको केन्द्रले जानकारी दियो ।

सबैले पृष्ठपोषण दिन सकिने

त्यस्तै यो वर्ष परीक्षणका रुपमा रहेको अङ्ग्रेजी विषयका विभिन्न कक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तकहरूमा सुधार तथा परिमार्जन गर्नुपर्ने भएकाले सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्बद्ध विज्ञहरूलाई केन्द्रले यस अघि नै सार्वजनिक अपिल गरिसकेको छ ।

केन्द्रले सबै कक्षाको अङ्ग्रेजी विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक सम्बन्धि पृष्ठपोषण अनलाइनबाटै प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal