कक्षा १२ को नतिजा सार्वजनिक

 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयअनुसार नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। आज सार्वजनिक भएको नतिजा अनुसार ३.४६ देखि ४ जीपीए ७ हजार ६३  जनाले ल्याएका छन् ।

त्यसैगरी ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार २३९ जना रहेका छन् । त्यस्तै २.६१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ७० हजार १ रहेको छ । त्यस्तै  २.४१ देखि २.८० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ९९ हजार ५३७ जना, २.०१ देखि २.४० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ७५ हजार ८८र जीपीए १.६१ देखि २.०० सम्म ल्याउने २४ हजार ५१५ जना,  १.२१ देखि १.६० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ३ हजार ८७५ र ०.८१ देखि १.२० जीपीए ल्याउनेको २९६ र ०.०० देखि ०.०८ सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या  १० हजार ७३ रहेको छ । 

जीपीए

विद्यार्थी

३.४६ - ४ ७०६३
३.२१ - ३.६० ४८२३९
२.६१ - ३.२० ७०००१
२.४१-२.८० ९९५३७
२.०१-२.४० ७५०८८
१.६१ -२.०० २४५१५
१.२१-१.६० ३८७५
०.८१-१.२० २९६
०.००-०.०८ १००७३

बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएका थिए । विभिन्न कारणले करिब १० हजार विद्यार्थीले परीक्षा नदिएपछि परीक्षामा ३ लाख ७५ हजार जार १५ जना परीक्षार्थी सहभागी थिए।सहभागी थिए।

ग्रेडवृद्धितर्फ २८ हजार ४ सय ६६ परीक्षार्थी सम्मिलित थिए । आंशिकमा ६ हजार ८ सय ६१ जनाले परीक्षा दिएका हुन् । उनीहरुको पनि नतिजा सार्वजनिक गरिएको छ । कुल परीक्षार्थीमध्ये ४६ जनालाई मर्यादाविपरीत कार्य गरेकोले निष्काशित गरिएको बोर्डले जनाएको छ ।

नतिजा  परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआर मार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडी  सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्छ ।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । 

बोर्डले कोरोनाका कारण परीक्षा दिन छुटेका ४५ जना विद्यार्थीको परीक्षा हिजोबाट सञ्चालन गर्दै आएको छ । सो परीक्षाको नतिजा पनि एक हप्ता भित्रै सार्वजनिक गर्ने भएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal