सम्परीक्षणका लागि सबै इकाईलाई तयार रहन केन्द्रको आग्रह

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई अन्तिम लेखा परीक्षणको  लागि  तयार रहन आग्रह गरेको छ । केन्द्रले आज सबै इकाईलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो ।

आर्थिक वर्ष ०७६ - ७७ को बेरुजु सम्परीक्षण सहजै डोरमा नै गराउन अनुरोध गरेको छ । अन्तिम लेखापरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण का लागि डोर फिल्डमा आँउदा शुरुवात चरणमै पुरानो बेरुजुसँग सम्बन्धित नियमित र फछयौट गर्नुपर्ने श्रेस्तारकागजात डोरमा नै सम्परीक्षणको लागि पेश गर्ने अनुरोध गरेको हो ।

केन्द्रले उक्त कार्यको जानकारी केन्द्रमा गर्नसमेत सबै इकाईलाई अनुरोध गरेको छ । सम्परीक्षणका सन्दर्भमा कुनै समस्या भएमा यथाशिघ्र केन्द्रमा जानकारी गराई बेरुजु फछयौटको प्रगतिलाई कार्यसम्पादन मूल्यांकनसँग आवद्ध गरिने भएकोले सोही बमोजिम फछ्यौट तथा सम्परीक्षणको लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal