विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन माग

शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखा सबै स्थानीय तहहरुलाई विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । केन्द्रले कार्तिक ४ गतेभित्र वैकखाता खोली शिक्षा तथा मानव स्रोत विकास केन्द्रको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो । 

शैक्षिक सत्र २०७८ मा कक्षा १० मा फारम भरेका र शैक्षिक सत्र २०७९ मा कक्षा ११ मा अध्ययनरत रही सम्बन्धित स्थानीय तहले प्रमाणीकरण गरेका विद्यार्थीहरुले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा बैंक खाता विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो ।

कक्षा ११ र १२ मा ५–५ क्रेडिट आवरको जीव विज्ञान, रसायन विज्ञान र भौतिक विज्ञान विषय लिइ अध्ययन गर्ने तथा विद्यालय तहको प्राविधिक धारमा अध्ययनरत छात्रछात्राहरुमध्ये छात्राहरुको हकमा तेस्रो क्वाइन्टाइल सम्ममा पर्ने र छात्रहरुको हकमा दोस्रो क्वाइन्टाइल सम्ममा पर्ने छात्रवृत्ति प्राप्त गर्र्दै आएका छन् ।अन्य विषयको कक्षा ११ को हकमा प्रथम क्वाइन्टाइको विद्यार्थीहरु मात्र छात्रवृत्ति प्राप्त गर्ने व्यवस्था छ । सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण गत ससार २७ गते प्रकाशन गरिएको विवरणबाटै  आवेदन दिन निर्देशन दिएको छ।छात्रवृत्ति पाउनयोग्य भनी नामावली प्रकाशन भएपनि बुंदा नं २ बमोजिम विपन्न लक्षित छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीले मात्र नजिकैको बैंकमा खाता खोल्नु पर्ने सूचनामा उल्लेख छ । 

Degrees offered in nepal
Counseling
Bachelors Portal