सीटीईभीटीद्वारा विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन माग

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

फागुन ८ गतेदेखि २८ गते आइतबारसम्म निःशुल्क आवेदन भर्न सूचना जारी गरेको हो ।

सरकारको आर्थिक वर्ष २०७९–०८० को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरूलाई प्रि–डिप्लोमा तह र ४०० जनालाई डिप्लोमा–प्रमाणपत्र तहमा निःशुल्क अध्ययन गर्न विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि आवेदन माग गरेको छ ।

विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षा अध्ययन गर्न परीक्षार्थी छनोटका लागि लिइने प्रवेश परीक्षा आगामी चैत्र ११ गते सञ्चालन हुने सीटीईभीटीले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

दलित–मुस्लिमको हकमा सम्बन्धित आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित पालिकाबाट उक्त जाति भनी जारी गरिएको प्रमाणित पत्रका आधारमा साथै विपन्न समूहको छनोट गर्दा हलिया, कमैया, अपाङ्गता भएका, द्वन्द्व पीडित÷शहीद÷जनआन्दोलन घाइते परिवारलाई समावेश गरी नेपाल सरकारबाट सूचीकृत सुविधा वञ्चित २२ वटा आदिवासी जनजाति समूहहरू (वनकरिया, बराम, बोटे, चेपाङ, दनुवार, धानुक, हायु, झागड, किसान, कुसुन्डा, लेप्चा, माझी, मेचे, कुसवाडिया, राजी, राउटे, सतार, सिंसा, सियार, सुरेल, थामी र थुनम) लाई मात्र आर्थिक रूपमा विपन्न भनी स्थानीय निकायबाट प्रमाणित कागजातका आधारमा विपन्न कोटामा सहभागी गराउने उल्लेख गरेको छ ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal