सामुदायिक विद्यालयहरूलाई  अनुदानका लागि आवेदन माग

सामुदायिक विद्यालयहरूलाई सिकाइ उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार अनुदान कार्यक्रमका लागि आवेदन माग गरिएको छ  ।

स्वीकृत वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश भित्रका सामुदायिक विद्यालय (कक्षा ८ सम्म सञ्चालित आधारभूत विद्यालय र माध्यमिक तह)  लाई अनुदान प्रदान गर्न अनलाइन् आवेदन माग गरेको हो ।

इच्छुक सामुदायिक विद्यालयहरूले सिकाइ उपलब्धिमा आधारित प्रोत्साहन या विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार अनुदानमध्ये कुनै एक कार्यक्रमको अनुदान माग गर्दै १५ दिन भित्र आवेदन दिइ सक्नु पर्ने  शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले आज प्रकाशित गरेको सूच्नामा उल्लेख छ ।

नमुना छनोटका लागि आवेदन माग

बागमती प्रदेशका सामुदायिक माध्यमिक विद्यालयहरूलाई नमुना विद्यालय छनोटका आवेदन माग गरिएको छ ।

 २०७९–८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार थप २ ओटा नमुना विद्यालय छनोट गरी गुरुयोजना तर्जुमा तथा कार्यान्वयन गर्ने लक्ष्यका साथ आवेदन माग गरिएको हो ।

सामुदायिक नमुना विद्यालय छनोट मापदण्ड तथा अनुदान कार्यान्वयन कार्यविधि २०७५ को दफा २ क बमोजिमका सर्त पूरा गरेका सामुदायिक माध्यमिक विद्यालयहरूले  १५ दिनभित्र  कार्यविधि २०७८ को अनुसूची १ को ढाँचामा  निवेदन दिनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

इच्छुक विद्यालयले अनुसूची २ बमोजिमको विवरण तयार गरी शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश, हेटौँडामा निवेदन पेस गर्न सूचित गरेको हो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal