सहायक क्याम्पस प्रमुख माथि भएको आक्रमणको नेसनल प्याव्सनद्वारा भत्सर्ना

पब्लिक युथ क्याम्पस, धनुषाका सहायक क्याम्पस प्रमुख भूप नारायण झा माथि साउन १७ गते भएको आक्रमणको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ ।

नेसनल प्याव्सनको पूर्व केन्द्रीय समिति सदस्यमाथि आफ्नै कार्यकक्षमा  भएको आक्रमण प्रति भत्सर्ना गर्दै सूक्ष्म अनुसन्धानको माग गरेको हो ।

 उक्त दिन करिब १० बजे क्याम्पसमा त्रिवि। अन्तर्गत रहेको तीन बर्षे बिए। दोश्रो वर्षको परीक्षा सञ्चालन भईरहेको अवस्थामा केही आपराधिक मानसिकताका व्यक्तिहरु प्रवेश गरी  आक्रमण गरेको नेसनल प्याव्सनद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको  छ।

 विद्यालय जस्तो सम्वेदनशील तथा शान्ति क्षेत्र घोषित स्थानमा दिनडहाडै कार्यकक्षमा कार्यरत जिम्मेवार पदाधिकारीमाथि गरिएको सांघातिक हमलाले नेसनल प्याव्सन केन्द्रीय समिति तथा सम्पूर्ण नेसनल प्याव्सन सदस्य लगायत मुलुकको शिक्षा क्षेत्र स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal