विज्ञसूचीमा सूचीकृत हुन २१ दिन भित्र आवेदन दिनुपर्ने

पाठ्यक्रम विकास केन्द्रले विज्ञसूचीमा सूचीकृत हुनका लागि २१ दिन भित्र आवेदन दिन सूचना जारी गरेको छ ।

प्रारम्भिक बालशिक्षादेखि आधारभूत तह र माध्यमिक तह (कक्षा ९–१२) सम्मका अनिवार्य तथा ऐच्छिक विषयहरू, माध्यमिक तह प्राविधिक तथा व्यावसायिक धारतर्फका व्यावसायिक विषयहरू र गुरुकुल, संस्कृत, वेद विद्याश्रम, मातृभाषा, मदरसा, मुन्धुम र गोन्पातर्फका विषयहरूका लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले एक्काइस दिन भित्र तोकिएको ढाँचामा निवेदन दर्ता गराउने सूचना जारी गरेको छ ।

विज्ञ सूचीमा नाम दर्ता गर्न आधारभूत तहका लागि सम्बन्धित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण र कक्षा ९–१२ का हकमा न्यूनतम स्नातकोत्तर तह उत्तीर्ण गरी सो विषयको प्राध्यापक वा पाठ्यक्रम विज्ञ वा विषय विज्ञ वा सम्बन्धित विषयको लेखक वा शिक्षक वा मूल्याङ्कनकर्ता हुनुपर्ने छ ।

मातृभाषा, मदर्सा र गोन्पातर्फ सम्बन्धित विषयको योग्यता नभएमा कुनै विषयमा आधारभूत तहका लागि न्यूनतम स्नातक र माध्यमिक तहका लागि न्यूनतम स्नातकोत्तर गरी सो विषयको शिक्षण वा सम्बन्धित विषयको पाठ्यक्रम तथा पाठ्यसामग्री विकाससम्बन्धी कार्य गरेको वा पाठ्यपुस्तक मूल्याङ्कन गरेको वा विषय विज्ञ वा विषयविद हुनुपर्ने सर्त सहित आवेदन माग गरेको छ ।

विज्ञको सूचीकरण तथा परिचालनसम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार केन्द्रमा निहित रहने सूचनामा उल्लेख छ ।

पाठ्यक्रम विकास, पाठ्यपुस्तक विकास र पाठ्यसामग्री मूल्याङ्कन गर्नका लागि केन्द्रले आवश्यकतानुसार विज्ञसूची अद्यावधिक गर्दै आएको छ ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal