प्रमाणपत्र तह नर्सिङको प्रवेश परीक्षाका लागि आवेदन माग

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

सीटीईभीटीले आज एक सूचना जारी गरी “डिप्लोमा तथा प्रमाण–पत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७४ (चौथो संशोधन २०७८)” को यस शैक्षिक शत्र २०७८–०७९ मा भर्ना सम्वन्धी विशेष व्यवस्था बमोजिम पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुलाई आगामी २८ गतेभित्र आवेदन माग गर्न सूचित गरेको हो ।

एसईई-एसएलसी-प्राविधिक एसएलसी तह उत्तीर्ण भएका बिद्यार्थीहरुले पेश गरेका लव्धांक पत्रमा प्राप्त गरेका प्राप्तांकलाई आधार लिई कार्यक्रम र कोटाहरु अनुसार योग्यताक्रमानुसार छनौट हुने सूचनामा उल्लेख गरेको छ ।

अक्षराङ्कन पद्धति लागू हुन पूर्वको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषय लिई एसएलसी. वा सो सरहका परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कूल प्राप्ताङकमा ४५ प्रतिशत अंक प्राप्त वा एसएलसी उत्तीर्ण भई परिषद् वा त्रिभुवन विश्वविद्यालयबाट यस बमोजिम संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एसएलसीको कुल पूर्णाङ्कमा क्रमशः ६८.३३ र ६६.६७ प्रतिशत अंक प्राप्त गरी उत्तीणले आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

अक्षराङ्कन पद्धती लागु भएपछिको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी जीपीए २ ल्याएका विद्यार्थीले आवेदन दिन सक्ने उल्लेख छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal