द्वन्द्व पीडित सबै शिक्षकलाई तत्काल पुनःस्थापना गरिनु पर्ने

स्थायी, अस्थायी तथा नियुक्ति लिएर हाजिर हुन बाँकी रहेका सबै शिक्षकलाई  तत्काल  पुनःस्थापना गर्नुपर्ने द्वन्द्व पीडित शिक्षकले बताएका छन् ।

छानविन समितिबाट पीडित भनेर सिफारिस भएका शिक्षकलाई अन्तरिम संविधान तथा शान्ति सम्झौताको मर्मअनुकूल पुनःस्थापना  गर्नुपर्ने  द्वन्द्व पीडित शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष सर्पराज सिंहले बताए । 

‘सबै आफ्नो खुसीले सेवाबाट बहिरगमन भएका होइनन् त्यसैले शान्ति सम्झौताको मर्मअनुकूल पुनःस्थापना गरिनुपर्छ ।’ उनले भने, ‘द्वन्द्व पीडित र कार्यरत अस्थायी शिक्षकलाई एउटै

कानुन लागु गर्नु भन्दा विशेष परिस्थितिले विस्थापित भएका शिक्षकलाई विशेष नियम बनाएर पुनःस्थापना गरिनु पर्छ ।’

शान्ति सम्झौता भएको एक दशक बितिसक्दा पनि अझै सरकारले पीडित शिक्षकलाई पुनःस्थापना गर्न सकेको छैन । अनेक बहानाले राज्यले आफूहरुलाई तेस्रो दर्जाको नागरिकको रुपमा हेर्दै आएको पीडित शिक्षकहरुले गुनासो गरे । ‘शान्ति सम्झौता भएको एक दशक बित्यो अझै सरकारले हामीलाई देखेन ।’ एक पीडित शिक्षकले भने, ‘अनेक बाहाना बनाएर राज्यले हामीलाई तेस्रो दर्जाको नागरिक बनाइरहेको छ, अब फेरी स्थायी र अस्थायीमा भेद गरिरहेको छ ।’ 

पूर्व न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा गठित जाँचबुझ समिति २०७३ का अनुसार सशस्त्र द्वन्द्वका कारण विस्थापित भएका २३३ जना स्थायी, ४१ जना शिक्षकको सेवा अवधि बाँकी नरहेको, शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिपत्र लिए पनि विद्यालयमा हाजिर हुन नपाएका १८ र २८४ जना अस्थायी शिक्षक विस्थापित भएको निचोड निकालेको थियो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal