ए.आ.ई.टि.एम कलेज बर्मिङ्हम सिटी युनिभर्सिटी उद्घाटन कार्यक्रम

ललितपुर स्तिथ ए.आ.ई.टि.एम. कलेज परिसरमा यँही भाद्र ११ गते नेपालका लागि बेलायती राजदुत महामहिम निकोला पोल्लिट्ट र ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको आतीथ्यता बिच ए.आ.ई.टि.एम. कलेजले बर्मिङ्हम सिटी युनिभर्सिटीको कार्यक्रमहरु उद्घाटन गरेको छ ।

एसियन इन्स्टिट्युट अफ टेक्नोलोगी एण्ड मेनेजमेनण्ट (ए.आ.ई.टि.एम.) एक निजी शैक्षिक संस्थाको रुपमा उच्च गुणस्थरको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरका व्यवस्थापन संकायको स्नातक पाठ्यक्रमहरुको अध्यापन गराउँदै आएको छ। ए.आ.ई.टि.एम. को स्थापना सन् २०१२ जुन २० को दिनमा भएको थियो। एतिहासिक शहर ललितपुरमा अवस्थित यस कलेज आफ्नै स्वामित्वमा उभिएको छ। यो कलेज १६ रोपनी जमिनमा फैलिएको छ भने १ लाख ४५ हजार बर्गमा निर्मित रहेको छ। ए.आ.ई.टि.एम. बिभिन्न शिक्षाविद तथा बौद्धिक ब्यक्तीद्वारा सञ्चालित रहेको छ जो बिगत तीन दशकभन्दा लामो समयदेखी राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याती कमाउदै आएका छन्। अन्तरराष्ट्रियस्तरको पुर्वाधारसँग सुसज्जित यस कलेज देश तथा विदेशमा सधैं नै एक उत्प्रेरकको रुपमा आफुलाई चिनाउने लक्ष्य बोक्दै अठोट राख्न् चाहन्छ। ए.आ.ई.टि.एम. कलेजले यसअघी स्विट्जर्ल्याण्डको प्रसिद्ध आईएमआई विश्वबिद्यालयसँगको सहकार्यमा उच्च गुणस्थरको शिक्षा प्रधान गर्दै आएको छ। बहुराष्ट्र र बहुसास्ंकृतिक सिदान्तको मान्यता राख्दै भबिष्यमा अझै अन्य अन्तरराष्ट्रिय संस्थाहरुसँग सहकार्य गर्दै ए.आ.ई.टि.एम. अगाडि बड्न चाहन्छ। अन्तराष्ट्रिय शिक्षा प्रधान गरी नेपाली विद्यार्थीहरुलाई बाहिय जगतमा आफ्नो पकड मजबुत बानाई आफ्नो प्रतिभा संसारसामु प्रस्तुत गरी देशलाई दक्ष तथा नैतिक जनशक्ती प्रधान गर्ने यस कलेजको सधैंको सोच रहेको छ। ए.आ.ई.टि.एम.ले बिभिन्न प्रतिष्ठित संस्थाहरुसँग साझेदारी गर्ने कार्यमा लगिपरेको छ जस्ले देशबाट मात्र नभई विदेशबाट पनि विद्यार्थीहरुलाई आकर्षित गर्ने क्षमता राखेको छ ।

नेपालमै पहिलोपटक बर्मिङ्हम सिटी युनिभर्सिटीसँग साझेधारी गर्नुमा ए.आ.ई.टि.एम अत्ती नै गौरव महसुस गर्दछ। बर्मिङ्हम सिटी युनिभर्सिटीले अन्तरराष्ट्रिय स्थरको मस्टर्स अफ बिज्नेस एड्मिनिस्ट्रेसन र बिएससी इन कम्पुटिङ एण्ड इन्फरमेसन टेक्नोलोगी कोर्स ए.आ.ई.टि.एम. मा सुलभ मुल्यमा  प्रधान गर्नेछ।         

नेपालका लागि बेलायती राजादुत महामहिम निकोला पोल्लिट्टले कार्यक्रम उद्घाटन गर्दै ए.आ.ई.टि.एम. कलेज र बर्मिङ्हम सिटी युनिभर्सिटी बिचको यस साझेधारी सधैंब अटुट होस् भन्दै शुभकामना दिईन। कलेजको भौतिक पुर्वाधार प्रती उनी निकै नै सन्तुष्ट रहेको र कलेजले अन्तरराष्ट्रिय स्तरको कार्यक्रम गर्न सक्षमा रहेको बताईन।  

 विशेष अतिथीका रुपमा रहेका ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ए.आ.ई.टि.एम. कलेजमार्फत नयाँ युगको सुरुवात भएको बताए। बर्मिङ्हम सिटी युनिभर्सिटीसँगको सहकार्यले नेपाली शिक्षामा कोसेढुङा प्रधान गरेको उनले बताए।

सि.ई.यो.डा. रोशन राठीले कलेजले सधैं उच्च गुणस्थरको अन्तराष्ट्रिय शिक्षा प्रधान गरेको र आउँदो दिनमा बर्मिङ्हम सिटी युनिभर्सिटीमार्फत नेपाल बाहिरबाट पनि विद्यार्थीलाई आकर्षित गर्ने बताए। औद्योगिक तथा कर्पोरेट तहमा वरिष्ठ व्यक्तीका संलग्नताको कारण कलेजले दक्ष जनशक्ती उत्पादन गर्न कलेज सफल रहने डा.राठीले बताए।                     

Degrees offered in nepal
Counseling
Bachelors Portal