सम्बन्धन प्राप्त शैक्षिक संस्थाले जेठ १७ गतेभित्र आवेदन दिनु पर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् स्तर निर्धारण तथा सम्बन्धन महाशाखाको शैक्षिक सत्र २०८०–८१ को लागि नवीकरणका लागि आवेदन माग गरेको छ ।

नियमित शुल्कमा जेठ १७ गतेसम्म र विलम्ब शुल्क (डबल दस्तुर) मा २४ गते भित्र आवेदन दिन सूचित गरेको छ ।

परिषद्बाट सम्बन्धन र स्वीकृति लिई सञ्चालनमा रहेका प्रि–डिप्लोमा र प्रमाणपत्र–डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन गरिरहेका संस्थाहरूले सम्बन्धन स्वीकृति पाएको मितिले दुई वर्ष पछि प्रत्येक वर्ष कार्यक्रम नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

यो वर्ष परिषद् प्रदेश कार्यालयबाट गरिएका नियमित अनुगमनबाट योग्य ठहरिएका संस्थाको कार्यक्रमहरूको नवीकरण अनलाइन मार्फत गर्न सूचित गरेको छ ।

प्राविधिक महाशाखाको अनुगमन–सुपरीवेक्षणबाट योग्य ठहरिएका सस्थाहरूले शैक्षिक सत्र ०८०–८१ का लागि कार्यक्रम नवीकरण गराउन सूचित गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal