स्वीकृति नलिई विद्यार्थी भर्ना गरिएमा कारबाही गरिने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सम्बन्धन स्वीकृति नभएका शिक्षण संस्थामा भर्ना नगर्न अभिभावक विद्यार्थीलाई अनुरोध गरेको छ ।

सीटीईभीटीले स्वीकृति नलिई केही शिक्षण संस्थाले विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्ना आह्वान गरेको प्रति यस परिषद्को गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो अनुरोध गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५ तथा परिषद् नियमावली २०५१ अनुसार प्रमाणपत्र –डिप्लोमा तह सम्मका कार्यक्रम सञ्चालन –स्वीकृति दिने कानुनी अधिकार यस परिषद् समक्ष रहेकोमा यस परिषद्बाट सम्बन्धन नलिइ प्रशिक्षार्थी भर्ना गराएमा कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

‘प्रचलित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५, परिषद् नियमावली २०५१ विपरीत हुने गरी विद्यार्थी प्रशिक्षार्थी भर्ना गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal