सम्भोटा लिपिमा पाठ्यपुस्तक विकास गर्न स्वीकृति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्भोटा लिपि (तामाङ भाषा)  मा ऐच्छिक विषयका पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

आजको मन्त्री स्तरीय निर्णयबाट सम्भोटा लिपिमा पाठ्यपुस्तक तयार गर्न स्वीकृति दिने नीतिगत निर्णय भएको हो ।

 राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको निजी चिवालयले जानकारी दियो ।

पाठ्यक्रम विकास केन्द्रको  स्वीकृतिमा स्थानीय तहबाट ऐच्छिक विषयका रूपमा विकास गरिने सम्भोटा लिपिका विद्यालय तहको पाठ्यपुस्तकमा राष्ट्रिय अभिलेखालयबाट प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक तयार गर्न सकिने आजको मन्त्री स्तरीय बैठकले निर्णय गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal