आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स विषयमा विशेष प्रदर्शनी

काठमाडौंकाे  बसुन्धरा स्थित  काठमाडौं न्यु क्यासल स्कुलमा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स विषयमा विशेष प्रदर्शनी आयोजना गरिएकोछ । यस प्रदर्शनीमा धेरै बालबालिकाले भाग लिएर आ-आफ्ना मोडल तयार गरेका थिए ।शनिबार, काठमाडौं न्यु क्यासल स्कुल, बसुन्धरामा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सको विषयमा एक प्रदर्शनी आयोजना गरिएको थियो।

 यस प्रदर्शनीमा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूले "भविष्यको संसारमा प्रवेश" भन्ने विषयवस्तुमा मोडलहरू बनाएका थिए।  बच्चाहररूको मोडेल एकदम विशेष थियो ।

 बालबालिकाले बनाएको मोडललाई सबैले मन पराए र उनीहरूको धेरै प्रशंसा गरे ।  उपस्थित सम्पूर्ण दर्शकहरूले बच्चाहरूको खुलेर प्रशंसा गर्नुका साथसाथै उनीहरूलाई हौसला समेत दिए।

बिद्यार्थीहरुले रोबोट, सेन्सर रोबोट, ब्लाइन्ड एड्स, कलर टेस्टिङ प्रोग्राम, लेजर लाइट सेफ्टी सिस्टम, इन्टरसेक्शन ट्राफिक सिग्नल आदि मुख्य रूपमा विकसित मोडलहरू तयार पारेका थिए । बच्चाहरूले पनि आफ्नो मोडल मार्फत पाठ सिकाउने प्रयास गरे।  यस क्रममा सबै विद्यार्थीहररू निकै उत्साहित देखिन्थे ।

 Skillsup मार्फत कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूले निकट भविष्यमै काठमाडौं न्यु क्यासल स्कूल कसरी प्राविधिक रूपमा उन्नत हुनेछ भनेर देखाए।  बच्चाहरूले यस विषयमा आफ्नो मौलिक कल्पना देखाए।

 समग्रमा प्रदर्शनी रोचक र सुन्दर थियो।  बच्चाहरूले आफ्नो कल्पना र बुद्धिको प्रयोग गरी राम्रो र अद्भुत मोडेलहरू सिर्जना गरे।

स्कूलमा कृत्रिम रोबोटिक्स विषय प्रदर्शनीकाे  आयोजना, विद्यार्थीहरूले नै तयार गरेकाे खास माेडलहरू थिए ।

विद्यार्थीहरूलाई पढाइ सँगसँगै स्किल पनि सिकाउँदै लैजानु पर्ने अवधारणा अनुरूप काठमाडौं न्यु क्यासल स्कूलले आफ्ना कक्षा ३ देखि १० का विद्यार्थीहरूलाई भविष्यमा संसारकाे जुनसुकै स्थानमा पनि अब्बल हुनलाई राेबाेटिक, काेडिङ र एआईकाे कक्षा स्किलअपसँग सहकार्य गरी सञ्चालनमा ल्याएकाे छ जसलाई स्टिम डट ओआरजी यु.एस.ए. ले सर्टिफाईड गरेकाे छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal