त्रिविका रोकिएका परीक्षा सञ्चालनका लागि उपयुक्त समय खोज्दै त्रिवि, यसवर्ष पनि हिउँदे वर्षे बिदा नदिने

त्रिभुवन विश्वविद्यालयलले आफ्ना सम्पूर्ण तहको रोकिएको परीक्षा सञ्चालनका लागि उपयुक्त समय र विधिको खोजी गरिरहेको छ । कोभिड १९ को नयाँ भेरियण्टसँगै आई परेको संकटका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न सम्बन्धित सबैलाई त्रिवि शिक्षाध्यक्षको कार्यलयले एक सूचना जारी गरी अनुरोध गरेको छ ।

शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले जारी गरेको सूचनामा रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गर्दै हिउँदे वा वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीलाई बिदा नदिइन जानकारी दिएका छन् ।

सो सूचनामा अवरुद्ध पठनपाठन हुन नदिनका लागि वैकल्पिक विधि मार्फत् सुचारु भईरहेका कक्षाहरुलाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी रहेका कक्षाहरु सुचारु गर्न, रोकिएका परीक्षाहरु पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई यसैमा केन्द्रित भई अगाडि बढ्न निर्देशन दिइएको छ । सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आआफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन पनि सूचित गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal