इकाइको बजेट केन्द्रद्वारा २० प्रतिशत कटौती (कटौती भएका कार्यक्रम सहित)

शिक्षा तथा मानव सोच विकास केन्द्रले विभिन्न शीर्षकमा २० प्रतिशत खर्च कटौती गरेको छ । केन्द्रले आज सूचना जारी गर्दै सबै शिक्षा विकास तथा समन्वय इकाइको खर्च तथा बजेट कटौती गरेको जनाएको छ । इकाइको बार्षिक कार्यक्रम तथा बजेटमा हालसम्म खर्च भइ बाँकी रहेको बजेटबाट विभिन्न खर्च शीर्षक नं का क्रियाकलापमा २० प्रतिशत बजेट कटौती गरेको छ ।

अर्थ मन्त्रालयको च.नं ४२१ मिति २०७९ माघ १७ एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. १६२ मिति २०७९ माघ २२ को पत्रानुसार केन्द्रले इकाइलाई खर्च कटौती तथा बजेट रोक्का गरेको हो ।

कोभिड–१९ को प्रभाव, रसिया–युक्रेन यद्ध तथा अन्य विविध कारण देखाउँदै खर्च कटौती गरेको हो ।

साथै आर्थिक क्षेत्रमा परेको प्रतिकुल प्रभाव, तथा देश भित्रको आर्थिक गतिविधिमा सङ्कुचन हुन गएको र चालु आवको लक्ष्य अनुसारको राजस्व असुली नभएको, विपद् व्यवस्थापनका लागि बढ्न गएको व्ययभार लगायतका कारणले चालु खर्चको भार बढेको तथा अन्य आन्तरिक कारणले नेपाल सरकारको आर्थिक व्यवस्थापनका लागि आव २०७९–८० मा विनियोजित बजेट अपर्याप्त हुन गएको भनी अर्थ मन्त्रालयको पत्रबाट जानकारी र खर्च कटौती गर्न निर्देशन प्राप्त भएको हुनाले यस्ते निर्देशन दिएको केन्द्रद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal