१५ दिनसम्म भर्ना गर्न पुनः सूचना

काठमाडौं महानगरपालिकाले दुर्गमका विद्यार्थीलाई लक्षित गरी कक्षा ११ मा भर्ना गर्ने म्याद कम्तीमा १५ दिन कायम गर्न शिक्षण संस्थालाई निर्देशन दिएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै विगतमा सबै शिक्षण संस्थाले छोटो अवधिको भर्ना समय राख्ने गरेको हुँदा दुर्गमका विद्यार्थी भर्ना हुने अवसरबाट बञ्चित हुने  गरेको हुँदा १५ दिन भर्नाका लागि समय राख्न निर्देशन दिएको हो ।

भर्ना भएका विद्यार्थीको विवरण असार मसान्त भित्र पठाउन निर्देशन

असार मसान्त भित्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीको विवरण पठाउन काठमाडौं महानगरपालिकाले सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ ।

महानगरपालिकाले छात्रवृत्ति वितरणका लागि कोटा निर्धारण गर्नुपर्ने भएकाले यस्तो निर्देशन दिएको हो ।महानगरले यस अघि नै छात्रवृत्ति वितरणका लागि छनोट परीक्षा आफैं सञ्चालन गर्ने घोषणा गरिसकेको छ । 

Degrees offered in nepal
Counseling
Bachelors Portal