विद्यालय भर्ना कार्यशाला

बर्दिवास, ६ भदौ ९रासस० ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै तहको आपसी समन्वय र तत्परताले मात्र सबैका लागि शिक्षा कार्यक्रम सफल हुनसक्ने बताउनुभएको छ । 

महोत्तरीको बर्दिवासमा विद्यालय भर्ना तथा साक्षरता अभिवृद्धिसम्बन्धी सरोकारवालाको एक दिने कार्यशालालाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय पु¥याउन स्थानीय तहले विशेष जिम्मेवारी लिनुपर्ने बताउनुभयो । 

जिल्लाका स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष, स्थानीय तहका शिक्षा शाखाका प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहभागी रहेका सो कार्यशालामा मन्त्री पोखरेलले स्पष्ट योजना बनाएर काममा लागे मात्र अपेक्षित उपलब्धि हासिल हुने स्पष्ट पार्नुभयो । ‘‘तपाईहरु तत्काल विद्यालय रहेका बस्तीमा विद्यालय जाने उमेरका बालबालिकाको लागत तयार गर्नुहोस्’’ मन्त्री पोखरेलले निर्देशन दिँदै भन्नुभयो,‘‘स्थानीय तहले नेतृत्व लेओस्, अरु सरोकारवालाको काम स्पष्ट परिभाषित गरेर लाग्नुहोस ।’’ 

Degrees offered in nepal
Counseling
Bachelors Portal