तोडफोड र तालाबन्दी लगायतका घटनाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र यस अन्तर्गतका केही क्याम्पसहरूमा भएको तोडफोड र तालाबन्दी लगायतका घटनाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्रिविको रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशन गरी विभिन्न समूहले त्रिविको पदाधिकारी कार्यकक्ष लगायत विभिन्न क्याम्पसमा गरिएको तोडफोड तथा तालाबन्दी जस्ता घटना प्रति खेद प्रकट गरेको उल्लेख गरिएको छ ।

महाशाखा प्रमुख प्रमुख सूर्य प्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षण संस्थाहरूमा तालाबन्दी गर्नु गैरकानुनी कार्य हो भनी सम्मानित उच्च अदालत पाटनबाट यस सम्बन्धमा अन्तरिम आदेश भइसकेपछि पनि यस्ता घटना दोहोरिनु दुखद भएको उल्लेख गरिएको छ ।

आज विहान त्रिविको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा नेविसंघका कार्यकर्ताले तोडफोड गरेका थिए । तोडफोडपछि स्थिति सामान्य बनाउन प्रहरीले नेविसंघ कार्यकर्ता रमेश कुँवर, विष्णु बडैला, सम्झना खत्री, सञ्जय चौधरी, रामबहादुर थामी, हरिप्रसाद जोशी, र मनोज कुँवरलाई पक्राउ गरेको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal