विद्यालयका ६ जना शिक्षक, कर्मचारी ९ महिनादेखि बेतलबी

विद्यालयका ६ जना शिक्षक, कर्मचार ९ महिनादेखि बेतलबीविद्यालयको आर्थिक अभावका कारण कञ्चनपुरको एक विद्यालयका शिक्षक कर्मचारी नौ महिना अघिदेखि तलब  खान पाएका छैनन् ।

भीमदत्त नगरपालिका– ७ हल्दुखालस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका निजी स्रोतका  शिक्षक  र कर्मचारीले  नौ महिना  बिना तलब काम गरिरहेका छन् ।चार जना कर्मचारी, कक्षा ११, १२ का दुई जना शिक्षकले तलब पाउन नसकेको विद्यालयमा कार्यरत शिक्षक शेरसिंह धाँमीले  बताए । ‘नौ महिनादेखिको तलब  पाउन  सकेका  छैँनौं ।’ उनले भने, ‘विद्यालयले आर्थिक स्रोत जुटाउन सकिएको छैन  भनेर पैसा दिँदैन ।’

विद्यार्थीको सङ्ख्या थोरै हुँदा उठ्ने शुल्कले विद्युत् महशुल, फर्निचर मर्मत, मसलन्द खरिद गर्नकै लागि पुग्दैन विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीले भने, ‘त्यसैले कर्मचारी र शिक्षकको पूरै तलब भुक्तान गर्न सकेका छैनौँ । विद्यालयको घाटापूर्ति नहुँदा अन्यौलता बढेको छ ।’ उनले भने, ‘विद्यालय सञ्चालन गर्न निकै समस्या छ । पढाई प्रभावित नभए पनि तलब नपाउँदा शिक्षकमा  मनोवैज्ञानिक  असर परी गुणस्तर खस्कने समस्या बढी रहेको छ ।’  सामुदायिक विद्यालयमा  पढाइ हुँदैन  भनेर सर्वत्र  विरोध  हुन्छ तर यसका  समस्याका  बारेमा  कसैको चासो नगएको दुखेसो उनले व्यक्त गरे ।

Degrees offered in nepal
Counseling
Bachelors Portal