मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गर्यो लुम्बिनी वाणिज्य क्याम्पसले

मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गर्यो लुम्बिनी वाणिज्य क्याम्पसले

लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभाले मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

शनिवार सम्पन्न सो सभामा क्याम्पस प्रमुख प्राडा ताराप्रसाद उपाध्यायले प्रस्तुत गरेको सो प्रतिवेदन पारित गरेको हो ।  उक्त सभामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले क्याम्पसको वार्षिक प्रतिवेद प्रस्तुत गरेका थिए ।

साथै सो सभामा आन्तरिक लेखा परीक्षण उपसमितिका सदस्य तथा भुपु विद्यार्थी समाजका अध्यक्ष अनिल प्रसाद श्रेष्ठले आ.व. ०७६÷०७७ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनले आव ०७७÷०७८ को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक सभाले सोही अनुसार निर्णय गर्नु पर्ने उल्लेख गरिएको छ । सभाले आ.व. ०७६÷०७७ को लेखा परीक्षण प्रतिवेदन तथा आ.व ०७७÷०७८ को अनुमानित बजेट समेत अनुमोदन गरेको छ ।

सो सभालाई सोम्बोधन गर्दै रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख एवं विकास परिषद्का पदेन सदस्य एकराज विश्वकर्माले क्याम्पसले व्यवस्थापन विषयको क्षेत्रमा पु¥याएको योगदानले सबैलाई गौरवान्वित बनाएको बताए । ‘क्याम्पस मानित विश्वविद्यालयमा रुपान्तरण हुनको लागि गरिरहेको गतिविधिले यस क्षेत्रमा नै उत्साह थपिएको छ त्यसैले आआफ्नो स्थानबाट पहल गरी क्याम्पसलाई चाडै नै मानित विश्वविद्यालयमा रुपान्तरण गर्नुपर्छ ।’ उनले भने, ‘ क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन म आफ्नो तर्फवाट आवश्यक सहयोग गर्ने प्रतिवद्ध छु ।’

परिषद्का अध्यक्ष पाण्डेले परिषद् सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहयोग र साथले नै क्याम्पस आफ्नो लक्ष्यमा पुग्ने भएकोले त्यसका लागि क्याम्पस परिवार एकसाथ प्रतिवद्ध भएर अगाडि बढेको बताए ।

सो सभालाई क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी प्रदेश, प्रदेश योजना आयोगका उपाध्यक्ष प्राडा ईश्वर गौतम, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, पुर्व अध्यक्ष अर्जुनमान सैजु लगायतले क्याम्पसले आफ्नो प्रदेशको शान बढाउने विश्वास व्यक्त गरे । सो सभा अध्यक्ष पाण्डेको अध्यक्षता एवं सदस्य सचिव प्राडा तारा प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।