चिकित्सा शिक्षा स्नातकमा त्रिविको उत्तीर्ण दर न्यून

चिकित्सा शिक्षा स्नातक तहको उत्तीर्ण दर मध्यपश्चिम पछि त्रिभुवन विश्वविद्यालयको थोरै रहेको छ । कम विद्यार्थी पास हुने मध्यपश्चिम  पहिलो स्थानमा छ भने त्रिवि दोस्रो स्थानमा रहेको छ ।

देशको सबैभन्दा पुरानो र धेरै विद्यार्थी भएको त्रिविको विद्यार्थी उत्तीर्ण दर मध्यपश्चिम भन्दा केही बढी र अन्य विश्वविद्यालयको भन्दा न्यून भएको पाइएको हो ।

सो तहमा मध्यपश्चिम विश्वविद्यालयको उत्तीर्ण प्रतिशत ३९.४९ प्रतिशत छ भने सबै संकाय र संस्थानमा धेरै विद्यार्थीको आकर्षण भएको त्रिविको विद्यार्थी उत्तीर्ण दर ४१ प्रतिशत मात्र रहेको छ ।

चिकित्सा शिक्षा स्नातक तहमा अन्य विश्वविद्यालय तथा प्रतिष्ठानको उत्तीर्ण प्रतिश १०० हुँदा त्रिविको उत्तीर्ण दर ४१ मात्र रहेको विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षाको प्रतिवेदन २०२०–२१ मा उल्लेख गरिएको छ ।

सम्बन्धित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको तथ्याङ्कका आधारमा आयोगले प्रतिवेदन तयार गरेको हो । आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा स्नातक तहको नतिजामा पाटन एकेडेमी अफ हेल्थ साइन्स (पीएएचएस)को उत्तीर्ण दर  १००, शुदुरपश्चिम विश्वविद्यालय (एफडब्लुयु) को ८२, पूर्वाञ्चल विश्वविद्यालय (पीयु) को ६९, लुम्बिनी बौद्ध विश्वविद्यालयको ५१.९८ प्रतिशत रहेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal