Edusanjal

शिक्षकको अवकाश उमेरहद ६३ वर्ष बनाउन माग , अहिले ६० वर्ष

नेपाल शिक्षक महासंघले शिक्षकको अवकाशित उमेरहद ६३ वर्ष पुर्याउन माग गरेको छ । शिक्षा मन्त्रालयसँग चलिरहेको निर्णायक वार्तामा शिक्षकको उमेरहद ६० बाट ६३ वर्ष पुर्याउन महासंघले अडान राखेको हो । शिक्षा मन्त्रालयपनि ‘संघीय शिक्षा ऐन’ मा यस्तो व्यवस्था गर्न सकारात्मक बनेको शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले बताए ।

                    


 राहत, इसिडी, साविक उमावि शिक्षक तथा विद्यालय कर्मचारीहरुको दरवन्दी सिर्जना गरी तत्काल स्थायी प्रक्रिया लागु गर्न भन्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको शिक्षक महासंघलाई २२ घण्टा बित्न नपाउँदै शिक्षा मन्त्रालयले वार्तामा बोलाएको थियो । 



वार्तामा १० वर्ष सेवा गरेका स्थायी शिक्षकहरुको सामुहिक बढुवा गर्न, योग्यता पुगेका शिक्षकहरुको माथिल्लो तहमा बढुवा गर्नपनि मन्त्रालय सकारात्मक देखिएको  र शिक्षा ऐनमा शिक्षकहरुको लाइसेन्स र तालीम दिन टिचिङ काउन्सिलको व्यवस्था गर्न समेत शिक्षा मन्त्रालय सकारात्मक देखिएको महासंघका अध्यक्ष थापाले जानकारी दिए ।  


यस्तै केही दिनमै मन्त्रिपरिषद् पास हुन लागेको राष्ट्रिय शिक्षा नीतिमा शिक्षकहरुको सुविधा अन्यभन्दा बढाउन र इसिडी र विद्यालय कर्मचारीको सेवासुविधा बढाउन मन्त्रालय सकारात्मक देखिएको थियो ।

धेरै अस्थायी शिक्षकहरु  स्थायी भएपनि उमेरहदका कारण पेन्सन नपाउने सम्भावना थियो । यदि शिक्षकको उमेरहद ६३ वर्ष पुगेको खण्डमा धेरै शिक्षकहरुले पेन्सन सुविधा पाउने छन् ।

pre school