विद्यार्थी युक्रेन जान नपाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (वैदेशिक अध्ययन अनुमति शाखा) ले युक्रेन जान विद्यार्थीलाई रोक लगाएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि युक्रेनमा अवस्थित विश्वविद्यालयमाहरुमा अध्ययन गर्न दिइने अनुमति पत्र नो अब्जेक्सन लेटर हाललाई स्थगन गरेको हो ।

सो सूचनामा यो शाखाबाट विदेशी मुलुकमा जान चाहने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) प्रदान गरिँदै आइएकोमा अर्को सूचना जारी नहुन्जेल सम्मका लागि स्थगन गरेको आजको सचिव स्तरीय निर्णयले स्थगन गरेको उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal