रेडियो नेपालबाट आजदेखि कक्षा ९ र १० लाई पढाउन सुरु (समय तालिकासहित)

नेपाल सरकारले कोभिड –१९ को सङ्क्रमणका कारण चैत्र पहिलो हप्तादेखि बालबालिकाको पढाइमा भएको अवरोधलाई ध्यानमा राखि पढाइलाई निरन्तरता दिने उद्देश्यले आजदेखि कक्षा ९ र १० का विद्यार्थीलाई दुर शिक्षाका रुपमा रेडियो नेपालबाट पढाउन सुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हालै जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले निर्दिष्ट गरे अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्दद्वारा तयार गरिएका सामग्री रेडियो नेपालबाट प्रशारण गरिने भएको छ ।

पाठ्यकम र पाठ्य पुस्तकमा आधारित भई उत्पादन गरिएका कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू आजदेखि ३१ गतेसम्म रेडियो नेपालबाट प्रसारण गर्ने भएको हो ।

रेडियोबाट प्रसारित पाठहरू विद्यार्थी समक्ष पुर्याउन केन्द्रले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्र, ७५३ ओटै स्थानीय तह र ७७ आटै शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको केन्द्रका निर्देशक माधवप्रसाद दाहालले जानकारी दिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal