१० वर्षमा पाँच हजार पाँच सयलाई विशेष छात्रवृत्ति

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सि.टि.इ.भि.टि) ले १० वर्षको अवधिमा झण्डै पाँच हजार पाँच सय जनालाई विशेष छात्रवृत्ति प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७५-०७६ सम्म अतिविपन्न पाँच हजार चार सय ३० जनालाई विशेष छात्रवृत्ति प्रदान गरेको हो । 

जसअन्तर्गत् दलित  तीन हजार तिन सय ७७ जना, मुस्लिम सात सय १७ जना, भुकम्प पिडित पाँच सय जना, विपन्न एक सय ९२ जना र लोपोन्मुख ६ सय ४४ जनालाई छात्रवृत्ति उपलब्ध गराइएको हो ।

यसरी प्रमाणपत्र तह नर्सिङ तर्फ एक हजार ९ सय २, प्रमाणपत्र तह सामान्य चिकित्सातर्फ पाँच सय १३, डिप्लोमा इन फार्मेसी तर्फ दुइ सय ३७, प्रमाणपत्र तह फिजियोथेराफि तर्फ ३२ जनाले छात्रवृत्तिमा पढ्न पाएका छन् । 

यस्तै, ७७ जनाले डिप्लोमा इन अटोमोवाइल, ३६ जनाले डिप्लोमा इन जियो मेट्रिक्स, एक सय जनाले डिप्लोमा इन इलेक्ट्रिकल तर्फ छात्रवृत्ति कार्यक्रममा अध्ययन गरेको सिटिइभिटिले जनाएको छ । यस्तै, डिप्लोमा इन कृषि (बाली) तर्फ २९७, डिप्लोमा इन कृषि(पशु) तर्फ २३२, डिप्लोमा इन फूड एण्ड टेक्नोलोजि ४० तर्फ जनाले अध्ययन गरेका छन् । 

तथ्याकं अनुसार डिप्लोमा इन होटेल म्यानेजमेन्टतर्फ ४०, डिप्लोमा इन इन्टरप्रिनरसिप डेभलपमेन्टतर्फ ६३ जनाले छात्रवृत्तिमा अध्ययन गरेको सिटिइभिटीका प्रवक्ता मणीराज भट्टराईले जानकारी दिए । 

यस्तै, टी.एस.एल.सि. अनमि १८ महिने तालिम ५४६, टी.एस.एल.सि. अनमि २९ महिने ३९१, टी.एस.एल.सि. सिभिल सवओभरसियर ७२, टी.एस.एल.सि. इलेक्ट्रिकल सवओभरसियर ४०, टी.एस.एल.सि. मेकानिकल सवओभरसियर ४०, टी.एस.एल.सि. अटोमोवाइल सव ओभरसियर ४०, टी.एस.एल.सि. प्लान्ट जेटिए ४०, टी.एस.एल.सि. भेटनरि जेटिए ९९ जनाले छात्रवृत्ति पाएका छन् । 

परिषद्ले आर्थिक वर्ष २०६६-०६७ देखि पिछडिएका वर्ग र समुदायका जनताको पहुँच विस्तार र वृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

कति उपलव्ध हुन्छ रकम ? 

सो कार्यक्रम अन्तर्गत् परिषद्ले प्रति महिना तीन हजार पाँच सय रुपैंया, प्रति वर्ष यातायात खर्च एक हजार पाँच सय तथा पोषाक खर्च दुइ हजार पाँच सय रुपैंया उपव्ध गराउँदै आएको छ । 

Degrees offered in nepal
Counseling
Bachelors Portal