एसईई पुरक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज प्रकाशन २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक ग्रेडबृद्धि (पुरक) परीक्षा ७५, हजार ८९७ जना वा ६६.९७ प्रतिशतको ग्रेड वृद्धि भएको छ ।

 गत साउन २६ र २७ गते सञ्चालन गरेको पुरक परीक्षामा १, लाख १३, हजार ३१३ जना परीक्षार्थी सम्मिलित भएका थिए ।

बोर्डको आजको निर्णयानुसार नतिजा प्रकाशन गरेको बोर्डले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

सो परीक्षामा परीक्ष्क्षामा सहभागी मध्ये एक परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने, निम्न सिम्बोल नं। को परीक्षाफल रद्द गरिएको छः ०६०००१७६ ुश्ु ९विषयः अनिवार्य गणित० परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको वेवसाइटबाट प्राप्त गर्न सकिनेछः

ग्रेडबृद्धि परीक्षाको परीक्षाफल प्रकाशन पश्चात आफूले प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले पन्ध्र दिन भित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ वा राष्ट्रिय परीक्षा बोर्ड, पनिका कक्षा–१० मा निवेदन दिन सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

परीक्षार्थीको ग्रेडसिट र प्रमाणपत्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ मार्फत असोज महिना भित्र विद्यालयहरुमा पठाइने सूचनामा उल्लेख छ ।

एकाइले मूल परीक्षाको सक्कल ग्रेडसिट र प्रमाणपत्र अनिवार्यरुपमा विद्यालयहरुबाट खिची ग्रेडबृद्धिको ग्रेडसिट र प्रमाणपत्र शुल्क नलिइ उपलव्ध गराउनु पर्ने बोर्डले जानकारी दियो ।

प्रकाशित नतिजामा प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भइ नतिजा प्रकाशन हुन नसकेको भए एकाइको सिफारिसमा छ महिना भित्र यस कार्यालयमा निवेदन दिनुपर्ने बोर्डले जानकारी दियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal